तनहुँ : जनज्योति क्याम्पस भिमादका स्ववियु सभापति सुनिल श्रेष्ठको जन्मदिनको अवसरमा अक्षय कोष स्थापनाको घोषणा गरिएको छ । श्रेष्ठको २८ औँ जन्मदिनको अवसरमा बुधबार दुई लाख रुपैयाँको नेविसङ्घ छात्रवृत्ति अक्षयकोष स्थापनाको घोषणा गरिएको हो ।
जनज्योति माविलाई एक लाख रुपैयाँ र जनज्योति क्याम्पसलाई एक लाख रुपैयाँको अक्षयकोष खडा गर्ने घोषणा श्रेष्ठले गर्नुभएको छ । आगामी शैक्षिक शत्रदेखि अक्षयकोष स्थापना हुने श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले आर्थिक अवस्था कमजोर भएका लगनशील र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ती प्रदान गरिने उहाँले बताउनुभयो । ‘विपन्न तर जेहेन्दार विद्यार्थीलाई पढाईमा सहज होस भनेर छात्रवृती दिनलाई अक्षयकोष स्थापना गरिएको हो’, उहाँले भन्नुभयो ।