घरेडी गाउँमा श्रीपञ्चमीमा मेला : भलिबलसँगै विभिन्न प्रतियोगिता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    घरेडी गाउँमा श्रीपञ्चमीमा मेला : भलिबलसँगै विभिन्न प्रतियोगिता

    खबरपुञ्ज संवाददाता

    २० माघ २०७७, बुधबार

    दुलेगौँडा : मिलेनियम युवा क्लब शुक्लागण्डकी नगरपालिका–१२ ले श्रीपञ्चमी मेला गर्ने भएको छ । फागुन २ देखि ५ गतेसम्म खुल्ला साविक वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, ३३ वर्षमाथिकाे भेट्रान्स पुरुष भलिबल प्रतियोगिता, बाँसको टुप्पोमा रहेको भाले निकाल्ने प्रतियोगिता, राष्ट्रिय तथा स्थानीय कलाकारहरुको साङ्गितिक प्रस्तुतीसँगै मिलेनिय गुफा अवलोकन लगायत कार्यक्रम हुने आयोजकले खबरपुञ्ज डटकमलाई जानकारी दिएको छ ।

    पुरुष भलिबल प्रतियोगितातर्फ प्रथम हुने समूहले नगद ३० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र पाउने क्लबका अध्यक्ष नविन गुरुङले जानकारी दिनुभयो । दोस्रोले २० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र र तेस्रोले १० हजार रुपैयाँसँगै ट्रफी मेडल र प्रमाणपत्र पाउनेछ उ ।

    ३३ बर्षमाथीको पुरुष भेट्रान्सतर्फ प्रथम हुनेले खसी सहित ट्रफी,मेडल र प्रमाणपत्र र दोस्रोले बोका ट्रफी,मेडल र प्रमाणपत्र पाउने जनाईएको छ । जनज्योति प्रावि खेल मैदानमा मेला लाग्ने जनाईएको छ ।