तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका केन्द्रका कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै सेवाग्राहीसँग रु १० हजार घुस मागेको अभियोग प्रहरी हवल्दार भण्डारीमािथ लागेको छ । आयोगले केही दिन पहिले भण्डारीलाई घुससहित पक्राउ गरेको थियो । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै मुद्दा दर्ता गरेको हो ।