तनहुँ : तनहुँको भानु नगरपालिका शिक्षा शाखाको आयोजनामा बुधबार हाजिरीजवाफ तथा चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। तीनवटा केन्द्रमा एकैसाथ आधारभूत तह कक्षा ६-८ को हाजिरीजवाफ र कक्षा १-५ को चित्रकला प्रतियोगिता सम्पन्न भएको हो।
हाजिरीजवाफ प्रतियोगितातर्फ भानु-९ को पुर्कोटल्याण्ड बोर्डिङ प्रथम, भानु-१० को चोक मावि द्वितीय र भानु-८ को मनोहर मावि तृतीय भएको छ।
चित्रकलातर्फ भानु-९ सो कर्मदा माविका प्रेशिका परियार प्रथम, भानु-८ को निर्जला आविका विनायक नेपाली द्वितीय, भानु-३ को जनजागृति माविका रेजिना लामा तृतीय र भानु-८ को मनोहर माविका सुदिर लम्साल सान्त्वना हुनुभएको छ ।
हाजिरीजवाफतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश: रु पॉच हजार, रु चार हजार र रु तीन हजारका साथै प्रमाणपत्र र चित्रकलातर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्नेले क्रमशः रू १५००, रू १२००, रू १००० र रू ८०० तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।