भानु नपाद्वारा ट्राफिक सङ्केत सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानु नपाद्वारा ट्राफिक सङ्केत सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई विभिन्न सङ्केत सामग्री सहयोग गरेको छ । नगर क्षेत्रभित्रका सडकहरुमा सवारी व्यवस्थापनको निम्ति नगरपालिकाले ट्राफिक प्रहरी कार्यालयलाई सङ्केत सामग्री प्रदान गरेको हो ।

    बिहीबार नगरपालिकामा आयोजित कार्यक्रममा नगरप्रमुख उदयराज गौलीले इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेका प्रहरी निरीक्षक प्रकाश भुषाल र जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटलाई सङ्केत सामग्री हस्तान्तरण गर्नुभयो ।

    सो अवसरमा ट्राफिक प्रहरी प्रमुख रानाभाटले सङ्केत सामग्रीले नगरक्षेत्रभित्र सवारी व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । स्थानीय तहहरुले ट्राफिक प्रहरीलाई अतुलनीय सहयोग गर्दै आएको बताउँदै रानाभाटले यसले प्रहरीलाई काम गर्ने हौसला मिलेको बताउनुभयो ।

    कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रदेव पाण्डे, नगर कार्यपालिका सदस्य देव बहादुर भुजेल लगायत कर्मचारीको उपस्थिति थियो ।