कोटामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    कोटामा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकास्थित कोटामा कृषि उपज संकलन केन्द्र एवं हाटबजार सञ्चालनमा आएको छ । स्थानीय स्तरमा उत्पादन हुने सामग्री विक्री वितरणका लागि सञ्चालन गरिएको हाटबजारको शुक्रबार गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले उद्घाटन गर्नुभयो ।

    “हाम्रो देवघाट, समृद्ध देवघाट” भन्ने मूल नारालाई आत्मसाथ गर्दै देवघाट गाउँपालिकाले एक वडा एक कृषि संकलन केन्द्र र एक वडा एक नमुना गाउँको निर्माण गर्ने उद्देश्य राखेको थापाले बताउनुभयो।

    सो अवसरमा खसी, बोका बाख्रा प्रदर्शनी गरिएको थियो ।