भानुमा उद्योग वाणिज्य सङ्घ गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    भानुमा उद्योग वाणिज्य सङ्घ गठन

    खबरपुञ्ज संवाददाता

    १ फाल्गुन २०७७, शनिबार

    तनहुँ : तनहुँको भानु नगरपालिकामा उद्योग वाणिज्य सङ्घ गठन भएको छ । शनिबार भएको भेलाले कृष्णकुमार श्रेष्ठको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ गठन गरेको हो ।

    सङ्घको प्रथम उपाध्यक्षमा राजन श्रेष्ट, द्वितीय उपाध्यक्षमा लालकुमार श्रेष्ट, महासचिवमा कृष्णचन्द्र कोइराला, सचिवमा मनिलाल श्रेष्ठ, कोषाध्यक्षमा दिनेश विष्ट, सदस्यहरुमा उपेन्द्र तिवारी,नेत्रकुमार श्रेष्ट,सलिम सुल्तान,जुना श्रेष्ट,सीता अधिकारी ,कुवेर खनाल, मिन राज न्यौपाने सर्वसम्मत चयन हुनुभएको छ।

    कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य देवकुमार श्रेष्ठले व्यवसायी एकजुट हुन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा उद्योग वाणिज्य सङ्घ गण्डकी प्रदेश सदस्य मंगलप्रसाद श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य सङ्घी प्रथम उपाध्यक्ष बैकुण्ठ मिश्र, द्वितीय उपाध्यक्ष हरिबहादुर थापा लगायतले व्यापारीको हकहितमा धारणा व्यक्त गर्नुभएको थियो।