शंकर, पशुपती र सम्झनाको ‘बरु मारन’ (भिडियो सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    शंकर, पशुपती र सम्झनाको ‘बरु मारन’ (भिडियो सहित)

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    दुलेगौँडा : गायक शंकर पन्तको शब्द तथा लय सिर्जनामा नयाँ लोकदोहोरी गीत ‘बरु मारन’ सार्वजनिक भएको छ । तनहुँबाटै लोकदोहोरीमा क्रियाशिल गायक पन्तको आफ्नै अफिसियल युट्युब मार्फत सोमबार गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।


    रिस डाहा गर्नेको कारण प्रेममा फाटो आएको भाव बोकेको गीतमा चर्चित गायक पशुपती शर्मा र सम्झान भण्डारीको स्वर छ । मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफीमा बनेको म्यूजिक भिडियोमा गायक पशुपती शर्मासंगै दुर्गा सुवेदी शर्माले अभिनय गर्नुभएको छ । करन चैसिरको छायांकन र प्रविण भट्टको सम्पादनमा भिडियो तयार पारिएको हो । समाचार तयार पार्दासम्म यो गीतको म्यूजिक भिडियोलाई युट्युबमा ३४ हजार बढी दर्शकले हेरेका छन् ।


    पन्तको सिर्जना र स्वरमा यस अगाडी ‘पृथ्वी नै हल्लिएको हो’, ‘तर्किने माया’, ‘धोको पुगेनर’, ‘हे माया’, ‘तिम्रो विहेको निम्तो’, ‘गाईको बाच्छो’ लगायत दर्जन बढी लोकदोहोरी, तिज र दशैँका गीतमा बजारमा आएका छन् ।


    पछिल्लो सिर्जना ‘बरु मारन’ बाट अलिक आशावादी रहेको पन्तले खबरपुञ्जसँगको कुराकानीमा सुनाउनुभयो । ‘युवापुस्ताको प्रेमलाई गीतमा उतारेको छु । अडियो र भिडियो पनि उत्कृष्ट बनेको छ । त्यसैले यो गीतबाट बढी नै आश गरेको हो’, उहाँले भन्नुभयो । आफ्नै शब्द तथा लय सिर्जनामा सुनिता बुढा क्षेत्रीसंगको सहकार्यमा गाएको ‘म त हजुर गाम्ले’ बोलको नयाँ लोकदोहोरी गीत पनि सार्वजनिक गर्ने तयारीमा रहको उहाँले जानकारी दिनुभयो ।

    हेर्नुहोस भिडियो