तनहुँ : क्षेत्रीय होटल संघ तनहुँले आगलागी पीडित आफ्नो सदस्यलाई राहत वितरण गरेको छ। भीमाद नगरपालिका-५ निवासी रामबहादुर लम्सालाई संघले बिहीबार रु ३५ हजार सहयोग गरेको हो ।
लम्साल खाजा घरमा केही दिन अगाडि आगलागी हुँदा कटेज, टेबल , कुर्सी लगायतका सामग्री जलेको थियो । व्यवसायीलाई समस्या पर्दा संघले सहयोग गर्ने उद्देश्य अनुसार आर्थिक सहसोग गरिएको संघका अध्यक्ष राम जोशीले बताउनुभयो । व्यवसाय सञ्चालनका क्रममा कसैलाई केही अफ्ट्यारो पर्न गएमा संघले सहयोग गर्दै आएको संघका वरिष्ठ उपाध्यक्ष विकास खनालले बताउनुभयो ।
यस्तै म्याग्दे-१ गुणादीस्थित हाइवे रेष्टप्वाइन्टका सञ्चालक कृष्ण खनाललाई नगद रू ५ हजार सहयोग गरिएको संघका महासचिव चन्द्रकुमार कायस्थले जानकारी दिनुभयो । खनालको होटलमा केही दिन अगाडि रातको समयमा ढोका फोरेर चोरी भएको थियो।