नेकपा (प्रचण्ड माधव) समूहद्वारा आभार व्यक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • समाचार

    नेकपा (प्रचण्ड माधव) समूहद्वारा आभार व्यक्त

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँ (प्रचण्ड माधव) समूहले प्रतिनिधि सभा विघटनको विरोधमा भएका आन्दोलनप्रति समर्थन गर्नेलाई आभार व्यक्त गरेको छ । शुक्रबार पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ इन्चार्ज हरिबहादुर चुमानको उपस्थितिमा बसेको बैठकले संसद विघटनको विरोधमा आयोजित आन्दोलनमा समर्थन गर्ने मानवअधिकारवादी, पत्रकार, कानूनविद् लगायत लोकतन्त्रवादी शक्तिलाई आभार व्यक्त गरेको हो ।

    सर्वोच्च अदालतको फागुन ११ गतेको फैसलाले ओली सरकारको असंवैधानिक एवं प्रतिगामी कदमलाई बदर गरी प्रतिनिधिसभा बैठक आव्हान गर्न फैसला गरेर नेपालको संविधानको रक्षा गरेको र फैसलाले सम्पूर्ण लोकतन्त्रवादी नेपाली जनतालाई हर्षित बनाएको नेकपा तनहुँका सचिव राजेन्द्रकेशरी न्यौपानेले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।