दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाको ८५ औँ कार्यालिका बैठक वडा नम्बर १ को थप्रेकमा शरु भएको छ । थप्रेक होमस्टे प्रर्बद्धनका लागि पहिलो पटक कार्यालय बाहिर कार्यपालिका बैठक बसेको हो ।
थप्रेक भ्यूटावरमा बसेको बैठकमा विद्यालय रकम बाँडफाड, भूमि सम्बन्धी समस्या समाधान आयोग लगायतका एजेन्डामा छलफल हुनेछ । वडा नम्बर १ बाट शुरु भएको कार्यपालिका बैठक अब प्रत्येक वडामा पुगेर गरिने प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिनुभयो ।