अपाङ्गता भएकालाई रेडक्रसद्वारा रु ४८ लाख सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • ऋषिङ

    अपाङ्गता भएकालाई रेडक्रसद्वारा रु ४८ लाख सहयोग

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    तनहुँ : नेपाल रेडक्रस सोसाइटी तनहुँले अपाङ्गता भएका व्यक्तिलाई रु ४८ लाख ५० हजार सहयोग गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बनाउन रेडक्रस सोसाइटी तनहुँ शाखाले जिल्लाको ऋषिङ गाउँपालिकाका दुई सय ८० जनालाई रु ४८ लाख ५० हजार सहयोग गरेको हो ।

    समावेशी समुदाय निर्माणमा अपाङ्गता भएका व्यक्तिहरुको सशक्तीकरण कार्यक्रम अन्तर्गत सशर्त व्यवसाय गर्ने दुई सय पाँच जनालाई रु २० हजारका दरले रु ४१ लाख र निस्वार्थ रुपमा व्यवसाय गर्दै जीविकोपार्जनका लागि ७५ जनालाई रु दश हजारका दरले रु सात लाख ५० हजार वितरण गरिएको रेडक्रस तनहुँका मन्त्री चिनु पोख्रेलले जानकारी दिनुभयो । “अपाङ्गता भएकालाई व्यक्तिहरुलाई समुदायमा सशक्त बनाई आत्मनिर्भर बनाउने उद्देश्य बमोजिम उक्त रकम सहयोग गरिएको हो,” पोख्रेलले भन्नुभयो ।

    ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले रेडक्रसको सहयोग अभियानले अपाङ्गता भएका व्यक्तिलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने बताउनुभयो । नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखा सभापति कृष्णहरि वाग्लेले समुदायमा अपाङ्गता भएका व्यक्तिहरुलाई सबलीकरण गरि आर्थिक उपार्जनका लागि रेडक्रसले विगतदेखि नै सहयोग गर्दै आएको बताउनुभयो ।