प्रतिबन्धित लागुऔषध सहित पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    प्रतिबन्धित लागुऔषध सहित पक्राउ

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले आँबुखैरेनी गाउँपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित एक जनालाई सोमबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा आँबुखैरेनी गाउँपालिका–३ मिलनचोक बस्ने २६ वर्षीय विक्की भन्ने शिव गुरुङ रहेको प्रहरीले जनाएको छ ।

    घरमा लागुऔषध लुकाएको सूचनाको आधारमा खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध सहित निजलाई पक्राउ गरिएको हो । प्रहरीले निजको घरबाट फेनरागन ६४ एम्पुल, नुफिन ६४ एम्पुल, डाइजेपाम ६२ एम्पुल, नाईट्राभेट एक सय ७७ ट्याब्लेट र ५ मिलिको ३५ थान प्रयोग नभएको सिरिन्ज, ५ मिलिकिो १० थान प्रयोग भएको सिरिन्ज, ३ मिलिकिो ९ थान प्रयोग नभएको सिरिन्ज बरामद गरेको छ ।