नारी दिवसमा ढोरफिर्दीका महिलालाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    नारी दिवसमा ढोरफिर्दीका महिलालाई सम्मान

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगाैडा : एक सय एघारौ अन्तराष्ट्रिय नारी दिवसको अवसरमा ढोरफिर्दीका ६५ वर्षमाथिका ज्येष्ठ नागरिक र एकल महिलाहरुलाई सम्मान गरिएको छ । ढोरवाराही बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा शुक्लागण्डकी नगरपालिका वडा नं ८ कार्यालय तथा सुरोज फोटो स्टुडियो ढोरफिर्दीको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

    कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य सरस्वती गौतमले महिलाहरुले पुरुषले सरह नै काम गर्न सक्ने भएतापनि अझैपनि चुल्हो र चौकामा सीमित हुनुपरेको बताउनुभयो । शुक्लागण्डकी नगरपालिका वडा नं ८ का कृष्णप्रसाद रेग्मीले आधा आकाश ढाक्ने महिलाले गर्न नस्कने काम कुनै पनि नरहेको बताउनुभयो । उहाँले वडा तहबाट महिला हक अधिकारको आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभयो ।

    कार्यक्रममा ढोरवाराही बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र अन्तर्गत साविकको ढोरफिर्दी गाविसका आठ सय शेयर सदस्यमध्ये ६५ वर्षमाथिका दुई सय जना ज्येष्ठ नागरिक र एकल महिलालाई सम्मान गरिएको थियो ।

    कार्यक्रममा घैटो फुटाउने प्रतियोगिता, म्युजिकल चियर प्रतियोगिता, चम्चा चुच्चा प्रतियोगिता समेत आयोजना गरिएको थियो । जसअन्र्तगत घैटो फुटाउने प्रतियोगितामा संचिता थापा विजयी बन्नुभएको थियो । म्युजिकल चियर प्रतियोगितामा क्रमस दिक्षा गौतम प्रथम, ईश्वरी पौडेल द्धितीय र सृजना अर्याल तृतीय हुन सफल हुनुभएको थियो ।

    त्यस्तै गरि चम्चा गुच्चा प्रतियोगितामा लक्ष्मी भट्टराई प्रथम, सम्झना पौडेल द्वितीय र विष्णुमाया भुजेल तृतीय हुनुभएको थियो । ढोरवाराही बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष इन्दिरा भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यवस्थापक सरस्वती सिग्देल, स्वागत मन्तव्य उपाध्यक्ष सावित्री शर्माले गर्नुभएको थियो ।