महिला सहकारीले मनायो अन्तराष्ट्रिय महिला दिवस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    महिला सहकारीले मनायो अन्तराष्ट्रिय महिला दिवस

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : शुक्लागण्डकी नगरपालिका–३ उदेनढुङ्गास्थित महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाले महिला दिवस मनाएको छ । दिवसको अवसरमा सहकारीले ज्येष्ठ नागरिक सम्मान, खेलकुद प्रतियोगिताका साथै सदस्यहरुलाई अधिकारबारे प्रशिक्षण प्रदान गरेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री एवं गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले संविधानमा लेखिएका महिलाका हक अधिकारलाई व्यवहारमा उपयोग गर्न महिलाहरुलाई आग्रह गर्नुभयो । “संविधानमा छोरा छोरी दुवैका लागि पैतृक सम्पतिमा समान हकको व्यवस्था गरिएको छ, व्यवहारमा छोरा र छोरी दुवैलाई समान अंश दिन आमा बुवा तयार हुनुपर्छ,” कोइरालाले भन्नुभयो ।

    गर्भाशयमा नै लिङ्ग पहिचान गरी छोरी भए भ्रुण हत्या गर्ने चलन विकृति बढिरहेको प्रति आपत्ति जनाउँदै कोइरालाले आमाको पेटबाटै छोरीमाथि शुरु भएको विभेद अन्त्य गर्न स्वंयम् आमाहरु बढि सचेत हुनुपर्ने बताउनुभयो । छोराछोरीबीच घरायसी कामकाजमा हुने असमान बाडँफाँड नै दुव्र्यवहार, बलात्कार जस्ता महिला हिंसाको प्रारम्भिक स्रोत भएकाले छोरालाई पनि घरधन्दाका कामकाज र अनुशाशनको संस्कार सिकाउन तथा छोरीलाई पनि अतिरिक्त सिकाई, खेलकुद, घुमफिर जस्ता अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।

    शुक्लागण्डकी नगरपालिकाका सामाजिक शाखा प्रमुख हिमा पोख्रेलले घरदेखि कार्यालयसम्मका जिम्मेवारीमा महिला र पुरुष दुवैको समान पहुँच हुनुपर्ने बताउनुभयो । घरको काम महिलाले मात्रै गर्नुपर्छ भन्ने परम्परावादी सोचका कारण जागिरे महिलालाई कामको दोहोरो भार परिरहेको भन्दै घरायसी काममा पुरुषको सहभागिता बढाउन परिवार र समाजले उत्प्रेरित गर्नुपर्ने बताउनुभयो ।

    अधिवक्ता शिवदक्त ढकालले कानुनले महिला र पुरुषलाई समान अधिकार दिएको भन्दै आफ्नो हक अधिकार खोज्न महिलाहरु सचेत हुनुपर्ने बताउनुभयो । “

    सहकारीका पूर्व अध्यक्षहरु मंगला राना, सीता कुमारी उपाध्याय, सीता विक लगायतले शहरमा मात्रै नभई गाउँमा पनि महिला अधिकारका आवाज उठाउने कार्यक्रम गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

    कार्यक्रममा उक्त भेगका सहकारीका विभिन्न ११ समूहका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । सहकारीले ८५ वर्षीय सुुवर्ण राना सहित गुदेलीमाया श्रेष्ठ, मनमाया राना, चित्रमाया परियार, सीता रावत, बसन्तीमाया श्रेष्ठ, गालुमाया राना, विष्णुमाया नेपाली, खिम कुमारी विक, सीता भुजेल र सेतीमाया गुरुङलाई सम्मान गरेको छ ।

    सोही अवससमा खेलाईएको घैटों फुटाई खेलमा पवित्रा सुनार विजयी हुनुभयो । यस्तै कुर्ची घुमाईमा पदमा थापा प्रथम, कल्पना कुँवर द्वितिय र विष्णु सुवेदी तृतीय हुनुभयो । तातो आलु खेलमा पुष्पा ढकाल प्रथम, उमा पौडेल द्वितिय र बिन्दा राना तृतीय हुनुभयो । विजयीहरुलाई नारी कलेक्सन र यस बी आर ईलेक्ट्रोनिक्सले क्रमशः प्रथम र द्वितीय पुरस्कार प्रदान गरेको थियो ।

    संस्थाकी अध्यक्ष सुर्यकला ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव विन्दु तिमिल्सेनाले गर्नुभएको थियो भने स्वागत उदेनढुङ्गा समुहका अध्यक्ष गंगा बस्नेतले गर्नुभएको थियो ।