तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाले ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने भएको छ । गाउँपालिकाले ६० वर्ष उमेर कटेका नागरिकलाई परिचयपत्र वितरण गर्न लागेको हो ।
प्रत्येक वडाबाटै ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्न लागिएको आँबुखैरेनी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिनुभयो । चैत ८ गतेदेखि १२ गतेसम्म ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने कार्यक्रम छ ।
चैत ८ गते आँबुखैरेनी गाउँपालिका–१ सत्रसयस्थित वडा कार्यालयबाट, चैत ९ गते आँबुखैरेनी गाउँपालिका–२ र ३ को वडा कार्यालयबाट, चैत १० गते आँबुखैरेनी गाउँपालिका–४ बेनीटारस्थित वडा कार्यालयबाट, चैत ११ गते आँबुखैरेनी गाउँपालिका–५ बरालुङबाट र चैत १२ गते आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित वडा कार्यालयबाट परिचयपत्र वितरण गरिनेछ ।