कुवा खनाउँदै स्थानीयवासी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    कुवा खनाउँदै स्थानीयवासी

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७७, बुधबार

    तनहुँ : भर जन्म घाँस तिर मन् दिई धन कमायो
    नाम क्यै रहोस् पछि भनेर कुवा खनायो
    घाँसी दरिद्र घरको तर बुद्दि कस्तो
    म भानुभक्त धनी भैकन किन यस्तो

    नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यले विसं १८९१ मा उक्त कविता लेखेका थिए । कविताका पात्र घाँसी घाँस काटेर कुवा खनाउने व्यक्तिको रुपमा परिचित छन् । घाँसीले घाँस काटेरै तनहुँको घाँसीकुवामा कुवा खनाएको इतिहास छ । हाल उक्त घाँसीकुवा तनहुँको व्यास नगरपालिका–१२ मा पर्दछ । पृथ्वीराजमार्गसँगै जोडिएको घाँसीकुवामा रहेको कुवा जीर्ण अवस्थामा संरक्षणको पर्खाइमा छ ।

    आदिकवि भानुभक्तकालिन घाँसीको पदचाप पछ्याउँदै तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाँटारका स्थानीयले कुवा खनाउन शुरु गरेका छन् । ग्रामीण भेगमा लोप हुँदै गइरहेको कुवा संरक्षण गर्दै सर्वसाधारणलाई पानी खुवाउन यहाँका वासिन्दाले कुवा खनाउन शुरु गरेका हुन् ।

    पृथ्वीराजमार्गस्थित बेलभञ्ज्याङबाट बानियाँटारतर्फ जाने पाँच सय मिटर बाटोभित्र यहाँका स्थानीयवासीले कुवा खनाउन शुरु गरेको बन्दीपुर गाउँपालिका–१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । “सर्वसाधारणलाई पानी खुवाउने व्यवस्था मिलाउन कुवा खन्ने काम भइरहेको छ, स्थानीयवासीले श्रमदान गरिरहनुभएको छ,” उहाँले भन्नुभयो । यस ठाउँको भित्तो रसाउने गरेको र त्यसलाई व्यवस्थित गरी पानी सङ्कलन गर्ने योजना छ ।