पोखरा : गण्डकी प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सदस्यले शपथग्रहण गर्नुभएको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष विष्णुप्रसाद नेपाल र सदस्य कल्पना लम्सालले बुधबार शपथग्रहण गर्नुभएको हो ।
बुधबार पोखरामा आयोजित कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचन र मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङको उपस्थितिमा उच्च अदालतका न्यायधीशले अध्यक्ष नेपाललाई शपथग्रहण गराउनुभयो । लगत्तै अध्यक्ष नेपालले सदस्य लम्साललाई शपथग्रहण गराउनुभयो ।
अध्यक्षमा नियुक्त नेपाल गण्डकी प्रदेशको प्रमुख सचिवबाट अवकाश हुनुभएको हो । सदस्यमा नियुक्त लम्साल व्यास-१ स्थित आदिकवि भानुभक्त क्याम्पसको सहायक क्याम्पस प्रमुख हुनुहुन्छ ।