धर्तिको यो वातावरणमा अवतरणका पखाईमा रहेका खुशी सँगै चुनौतीको पहाडमा देखिएको सपनाहरुको महलसँगै कौतुहलताले डेरा जमाईरहयो । पृथकता खोज्ने नाममा गरिएको एकलव्य प्रयासमा देखिएको त्यो हरकतहरु असम्भवप्राय थिए । त्यो सवैको वावजुद पनि प्रतिकुलता भित्र अनुकुलताको मिर्मिरेमा आकाशका किरणहरु देखिए । सिङ्गो विश्व र समुदाय नै वाधक वन्ने निश्चितता भित्र देखिएको त्यो कर्मले मनमा अनेकौ प्रश्नहरु सोधीरहयो । भुलवश अथवा अन्जानमा गरिने गल्ति क्षमायोग्य होला, तर पृथकता र विश्वासमा अडिएको सम्वन्ध भित्रको परिणामले भोलि कस्तो अवस्था सिर्जना गर्ला, गर्भभित्र नै राखिदिए ।
तरंगित भावहरुलाई रोक्न, सम्हाल्न खोज्ने प्रयासका वीचमा आएको खुशीले आँखावाट आँशु थाम्न सकेन, अविरल वग्ने आँशुका कणहरु सँग सोध्न थाले, सायद यो सहजतामा फुलेको फुल भए कति खुशी हुन्थ्यो होला, अनेकौ आत्मामा ! खुशी वाड्ने आत्माहरुले सायद सवै खुशी काखमा हुन्थे होला । धर्तिमा टेक्ने त्यो पहिलो रस्वादानको त्यो स्वच्छ आत्माले महशुश गर्यो कि गरेन होला, यहाँ पर्याप्त खुशी र सुख छैन भनेर । विश्वासको सम्वन्ध भित्रको त्यो अकाट्य पलले दिएको पीडा यथार्थ समिप भएता पनि अन्तरआत्मा रुवाउने हिम्मत पलाउन सकेन । यथार्थवोध भित्र वसेर गरिएको योजनाले हलचल हुन दिएन । सहज हुदैन, आफैभित्र अनेकन अविरल प्रश्नका वर्षाले दिएको पीडा विश्वासको अगाडी लाचार वनिदियो । सहजता भन्दा कठिन जीवन भित्र नै जीवनको परिभाषामा घोत्लिने रम्ने आत्माविश्वासका साथ मन वाध्ने काम भयो । आत्मा आफैमा जति कोमल हुन्छ, त्यति नै कठोर पनि हुँदो रहेछ । जीवनको अर्थ खोज्न सहज वाटो सम्भव हुदैन, यहि आत्मारतिमा रमेको आत्माले त्यो कठोर मर्मस्पर्शी विचारधारामा रम्ने अटोट गरिदियो । चित्कार भित्र खुशी देख्ने अभिलाषामा त्यो पलुवाले धेरै मलजल गरिदियो । चुनौतीको त्यो पहाडलाई निराकरण गर्ने सामथ्र्य मनभित्र भित्रै वलियो वनिदियो । संकोच, अफठयारो वीचमा विश्वासको सम्वन्धले एउटा आकार ग्रहण गरिदियो ।
सम्पन्नता र खुशी मानव जीवनमा सदैव साथ नहरने अपव्ययहरु हुन् । जसको प्राप्तिमा सन्तुष्टि हुदैन । सजिवतामा साथ नरहने यो विशेषता भित्र केहि अन्य थप विशेषतालाई लेखाजोखा आम प्रवृत्ति हो । सोच, अग्रसोच आफै भित्रका साध्य हुन् । मात्र यसको मात्रामा तलमाथी होलान्, तर यसको अंश भने जीवित नै रहने गर्दछ । असंख्यता भित्रको एकमा रहने र त्यसमा विविधता पक्षको आकालन वातावरणमा सहज हुन्छ, सोचको दरिद्रताले चेतनामा वन्धक वनाउन मुख्य भुमिका खेलेता पनि आत्मा भित्रको पुकार भने सत्यको नजिक रहेको हुन्छ, जुन हरेक आत्माले महशुश गरेको हुन्छ । देखाउने व्यवहार र आत्माको पुकार भनेको फरक फरक विषय हुन् । जसले जीवन नै तरंगित गरेको हुन्छ, यसको मात्रामा देखेने परिणाम भने सोचको परिधिले निर्धारण गर्दछ । कौतुहलता, विश्मयका वीचमा देखिएको वेमेलहरुलाई चिर्ने भरमग्दुर प्रयासहरु अनवरत रुपमा भएता पनि त्यहि अन्तरआत्माका विश्वासमा कति सन्तुष्टि भयो होला ? खुशीका कुनै मापन हुदैन, सवैलाई समान खुशी सम्भव हुदैन, तर सारमा खुशीको त्यो अंशले विश्वासको सम्वन्धलाई जोगाउन सक्यो कि सकेन होला ? उहि मात्रामा उहि खुशी र सन्तुष्टि प्राप्त सायद सवैलाई प्राप्त होला, तर घुम्टो भित्रको जीवन जिउदै गर्दा आत्माको त्यो पुकारलाई कति न्याय भयो होला ?
सम्वन्ध सवैमा समान हुदैन, त्यहि असमानता भित्रको परिधिमा जीउने आधारलाई मापन सवैले गर्न सक्दैनन । विश्वासका सम्वन्ध जोगाउने नाममा गरिएको कर्मले समाजमा खेल्ने भुमिकालाई भने पक्कै असर गर्ने रहेछ । सोचको परिधिलाई वढाउने प्रयत्न आम होईन, खास हो, तर परिवर्तित सन्र्दभमा देखिने गतिविधि अगाडी वाटोलाई रोक्ने प्रयत्न गरेता पनि त्यसमा नै हार स्वीकार्नु भनेको अन्तरआत्मावाट विचलित हुनु मात्र हो । जसले लामो समयसम्म अन्तरआत्मालाई विश्वास गर्नेहरुका लागी धोका हुन सक्दछ । गतिको त्यो चालसँगै पलुवाले भौतिक रुपमा विकास गरेको छ । संसारको यो वातावरणमा वाच्ने कलालाई अंगिकार गरेको छ । कलिला जराहरु चलमलाउन थालेको छ । वस्तु र वातावरणको अनुभुति हुन थालेको छ । अभाव र मायाको संसारमा जीउनका लागी अभिसप्त वनेको छ । खुशीको त्यो पलुवाले फुलको आकार ग्रहण गर्न थालेको छ । हरेक वस्तु झै उसमा पनि परिवर्तनका आभास हुन थालेको छ । चाहेर पनि रोक्न सकेको छैन । लाग्दछ, अभ्यस्त जीवन भित्र घुलन हुनका लागी प्रयासरत रहेको छ । त्यो कोमल ह्दय विस्तारै फल्न र फुल्न थालेको छ । अंकुराउन लागेको विरुवा समयको वेगसँग जुधनका लागी अभ्यस्त वन्दै छ ।
सम्वन्धको विविध आयामले जीवनवोधको अनुभुति भित्र रम्ने कोशिश गर्देछ । कमजोरी शक्ति आर्जनका माध्याम वनेको छ । वातावरण र गतिका अगाडी निरिह हुने सजिवता भित्र नचाहेर पनि आत्मासात गर्नु परेको छ । एकलव्य हुने चाहनामा आत्मा अस्थिर वनेको छ । जीवन भित्रको जीवन खोज्ने कर्ममा तल्लिन हुने सोचमा पृथकता हावी भएको छ । सवैलाई संसारका सवै खुशी र वस्तु नपाउने सन्दर्भमा त्यो कोमलह्दयका नयनवाट खुशी खोज्दै होला् । अतृप्त चाहना पुरा गर्ने अभिलाषामा वामे सर्दे होला । नयनको त्यो तादात्म्यता आत्मासँग मिलाउन नसक्दा आत्मा रोएको होला । साँच्चै जीवनको यो आत्मावोध कहिले सम्म होला ? सोचको वन्धक यो आत्मा कहिले सम्म वन्ला ? संसारमा जीवित प्राणी भित्र सोच र आत्माको तादात्म्यता कसले मिलाउन सक्यो होला ? अपःव्ययको यति धेरै प्रश्न भित्र त्यो निर्मल पालुवाले परिभाषा खोज्ने हिम्मत गर्ला ?