आदिकविमा अध्ययनरत बिबिजनको एक वर्षको खर्च जीवन सेवा अभियानले बेहोर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आदिकविमा अध्ययनरत बिबिजनको एक वर्षको खर्च जीवन सेवा अभियानले बेहोर्ने

    खबरपुञ्ज संवाददाता

    १० चैत्र २०७७, बुधबार

    तनहुँ : तनहुँका व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा अध्ययनरत बिबिजन मियाँको एक वर्षको सम्पूर्ण खर्च जीवन सेवा अभियानले बेहोर्ने भएको छ । क्याम्पसमा विविएस प्रथम वर्षमा अध्ययनरत मियाँको एक वर्षसम्म अध्ययन गर्न लाग्ने स्टेशनरी सहितको सम्पूर्ण खर्च जीवन सेवा अभियानले बेहोर्ने भएको हो ।

    जीवन सेवा अभियानमार्फत् मियाँलाई बुधबार छात्रवृत्ति प्रदान गरिएको छ । व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उक्त छात्रवृत्ति मियाँलाई हस्तान्तरण गर्नुभयो । मियाँलाई छात्रवृत्ति प्रदान गर्न जीवन विज्ञानका शिक्षक दिपा पौडेलले सहयोग गर्नुभएको छ ।

    अभियानका संस्थापक राजेशकुमार श्रेष्ठले आर्थिक रुपमा विपन्न विद्यार्थीलाई अभियानमार्फत् छात्रवृत्ति प्रदान गरिँदै आएको जानकारी दिनुभयो । विद्यार्थीहरूको शिक्षा र सिकाईलाई निरन्तरता दिने, विद्यार्थीहरुमा आध्यात्मिक तथा नैतिक चिन्तन, मानवता तथा निष्पक्ष, निस्वार्थ सेवा प्रदान गर्ने तथा विद्यार्थीका लागि विद्यार्थी भन्ने उद्देश्यले अभियान गठन गरिएको थियो ।