म्याग्देमा कभर्डहल निर्माण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    म्याग्देमा कभर्डहल निर्माण

    खबरपुञ्ज संवाददाता

    १२ चैत्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुमा कभर्डहल निर्माण सम्पन्न भएको छ । उक्त कभर्डहलको बिहीबार पूर्वमन्त्री एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले उद्घाटन गर्नुभयो ।

    सो अवसरमा नेता भण्डारीले खेलकुद पूर्वाधार निर्माणका लागि स्थानीय तहहरुले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । स्थानीय स्तरमा खेलकुद पूर्वाधार निर्माण भए मात्रै राष्ट्रले दक्ष खेलाडी प्राप्त गर्न सक्ने उहाँको भनाई थियो । नेता भण्डारीले खेल क्षेत्रले विश्वमाझ नेपाललाई चिनाएको बताउँदै सरकारले खेलकुद क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउनुभयो ।

    नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले स्वास्थ्यको लागि खेलकुद अपरिहार्य रहेको चर्चा गर्नुभयो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले खेलकुद सँगसँगै सबै क्षेत्रको बिकासको लागि गाउँपालिका निरन्तर लागिरहेको बताउनुभयो ।

    सोही अवसरमा थर्पु युवा क्लवले आयोजना गरेको व्याडमिन्टन कपको समेत उद्घाटन गरिएको छ । क्लवका अध्यक्ष कुशल थापाले रु २७ लाखको लागतमा कभर्डहल निर्माण गरिएको जानकारी दिनुभयो ।