यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा चितवनमा बाबु-छोरी र भतिजीको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • वागमती

    यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा चितवनमा बाबु-छोरी र भतिजीको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १३ चैत्र २०७७, शनिबार

    चितवन : चितवनको पकौडीमा यात्रुबाहक बसमा स्कुटर ठोक्किँदा शनिबार साँझ बाबु-छोरी र भतिजीको मृत्यु भएको छ।

    प्रहरीका अनुसार साँझ जगतपुरबाट भरतपुरतर्फ आउँदै गरेको ना५ख २१५० नम्बरको बसमा ठोक्किँदा ना४०प ७०८२ नम्बरको स्कुटरमा सवार तीनै जनाको मृत्यु भएको हो। दुर्घटनामा भरतपुर महानगरपालिका-६ गीतानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी (स्कुटरका चालक), सोही स्कुटरमा सवार उनकी १७ वर्षीया छोरी विनिशा अधिकारी र भतिजी १७ वर्षीया दिविशा अधिकारीको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयाे ।

    दुर्घटनामा गम्भीर घाइते भएका तिनै जनाको जिल्ला अस्पताल भरतपुरमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको थापाले बताउनुभयाे । (सेताेपाटीबाट)