काठमाडाै : सर्वाधिक सफल कप्तानको परिचय पाएका रक्षक विराज महर्जनले सोमबार फुटबलबाट सन्न्यासको घोषणा गर्नुभएकाे छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले गोलको खडेरी तोडेको दिन बंगलादेशलाई हराउँदै त्रिदेशीय कपको उपाधि जित्दा डिफेन्डर विराजले टोलीलाई उपाधिको ताज पहिराउँदै सन्न्यासको घोषणा गर्नुभएकाे हाे ।
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याच विराज महर्जनले सोमबार ७३औँ अन्तर्राष्ट्रिय खेल करिअर खेल्दै सन्न्यासको घोषणा गर्नुभयाे । अन्तिमपटक दशरथ रंगशालामा राष्ट्रिय जर्सीमा देखिनुभएका विराजलाई समर्थकले सम्मान दिनुभएकाे थियाे ।
डेढवर्षे अन्तर्राष्ट्रिय गोलविहीन नेपाली फुटबलको यात्रालाई पूर्णविराम लगाउँदै नेपालले ३७ वर्षपछि नेपाली मैदानमा अन्तर्राष्ट्रिय उपाधि उचाल्दा विराजलाई सुखद अन्त्यको सुनौलो अवसर पनि मिल्यो ।