काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता खेलाडीलाई जनही १ लाख पुरस्कार दिने घोषणा गरेको छ । एन्फाले मंगलवार एक विज्ञप्ति निकाल्दै उपाधि विजेता टोलीका सदस्यलाई जनही १ लाख पुरस्कार दिने जनाएको छ ।
एन्फाले उपाधिको रकम बाहेक खेलाडीलाई जनही थप १ लाख दिने जनाएको छ । दशरथ रंगशालामा सोमवार भएको फाइनलमा बंगलादेशलाई २-१ गोल अन्तरले पराजित गर्दै नेपालले उपाधि जितेको थियो । उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर प्राप्त गरेको थियो । उपविजेता बनेको बंगलादेशले ३ हजार डलर प्राप्त गर्यो ।