म्याग्देको गहिरागाउँमा घरबास सञ्चालनका लागि कस्सिए स्थानीय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देको गहिरागाउँमा घरबास सञ्चालनका लागि कस्सिए स्थानीय

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका-४ गहिरागाउँका स्थानीयवासी घरबास सञ्चालनका लागि कस्सिएका छन् । मगर समुदायको बसोबास रहेको यहॉ घरबास सञ्चालनका लागि स्थानीयवासीले चासो देखाएका हुन् ।

    त्यसका लागि सन्जिव आले मगरको अध्यक्षतामा समिति गठन भएको छ। समितिको उपाध्यक्षमा चमनसिं राना, सचिवमा श्रीकुमारी थापा, कोषाध्यक्षमा रिता राना र सदस्यहरुमा भिमराज थापा, सनिमाया थापा, मिनबहादुर राना, खुशीराम राना, हर्कबहादुर राना र लक्ष्मीमाया थापा रहनुभएको छ ।

    उक्त समितिले मगर सामुदायिक घरबास गहिरागाउँ दर्ता गर्न खुशीराम रानालाई जिम्मेवारी दिएको छ। घरबास सञ्चालनका लागि गाउँपालिकाले तालिम दिने भएको छ ।

    उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष मायादेवी रानाले घरबास सञ्चालन गरेर आयआर्जनतर्फ लाग्न सुझाव दिनुभयो । कार्यक्रममा वडाध्यक्ष प्रेमबहादुर थापा, सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङ, कार्यपालिका सदस्य बद्रीका घिमिरे, उद्योग शाखा प्रमुख प्रदिप न्यौपाने लगायत सहभागी हुनुहुन्थ्यो।