पत्रकार महासङ्घको गण्डकी उपाध्यक्षमा शर्माको उम्मेदवारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    पत्रकार महासङ्घको गण्डकी उपाध्यक्षमा शर्माको उम्मेदवारी

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७७, बिहीबार

    तनहुँ : नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशको उपाध्यक्षमा सोनी शर्माले उम्मेदवारी दर्ता गर्नुभएको छ । चैत २५ गते हुने निर्वाचनका लागि शर्माले बिहीबार महिला उपाध्यक्षमा उम्मेदवारी दर्ता गर्नुभएको हो ।

    नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाको उपाध्यक्ष रहनुभएका शर्माले उम्मेदवारी दर्तासँगै आफूले जित्ने विश्वास व्यक्त गर्नुभयो । विसं २०६४ सालदेखि पत्रकारितामा क्रियाशील शर्माले प्रदेशका श्रमजीवि पत्रकारका हकहितका लागि आवाज उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । “गण्डकी प्रदेशलाई उत्कृष्ट प्रदेशको रुपमा पहिचान गराउन मैले सकेको भूमिका खेल्नेछु,” शर्माले भन्नुभयो ।