दन्त परीक्षण शिविरमा ३४८ लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    दन्त परीक्षण शिविरमा ३४८ लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १९ चैत्र २०७७, शुक्रबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीमा सञ्चालित दन्त शिविरमा तीन सय ४८ जनाले सेवा लिएका छन् । शुक्लागण्डकी नगरपालिका–८ वडा कार्यालयको आयोजना र सहयात्री नेपाल काठमाडौको प्राविधिक सहयोगमा बिहीबारदेखि शुरु शिविरको पहिलो दिन तीन सय ३८ जना लाभान्वित भएका हुन् ।

    ग्रामीण भेगमै दाँत परीक्षणको सुविधा उपलब्ध गराउन शिविर आयोजना गरिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । “बेला बेलामा अन्य विभिन्न प्रकारका शिविर हुने भएपनि दाँत परीक्षण शिविर हुन सकेको थिएन,” उहाँले भन्नुभयो, “गाउँमै शिविर आयोजना गरिएपछि स्थानीयवासीलाई सजिलो भयो ।” शिविर शुक्रबारपनि सञ्चालन हुनेछ ।

    शिविरमा दाँत र गिजा सम्बन्धी सम्पूर्ण परीक्षण, दाँत भर्ने, दाँत सफा गर्ने, दाँत उखेल्नुका साथै निःशुल्क औषधी समेत वितरण गरिएको छ । दाँत परीक्षणका लागि दुलेगौडा बजारमै आउनुपर्ने बाध्यता रहेका यहाँका स्थानीयवासी गाउँमै दाँत परीक्षण गराउन पाएपछि खुशी भएका छन् ।