देवघाटमा भूमिहीन समस्याबारे छलफल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटमा भूमिहीन समस्याबारे छलफल

    खबरपुञ्ज संवाददाता

    २८ चैत्र २०७७, आईतवार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका भूमि सम्बन्धि समस्या समाधान सहजीकरण समिति देवघाटको आयोजनामा आइतबार भूमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

    कार्यक्रममा भूमि समस्या आयोगका जिल्ला अध्यक्ष दधिराज सुवेदीले सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा देवघाट गाउँपालिकाका निमित्त कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत गोविन्द प्रसाद पौडेल, देवघाट १ नम्बर वडा अध्यक्ष भिम बहादुर गुरुङ, देवघाट ५ नम्बर वडा अध्यक्ष याल बहादुर गुरुङ, कार्यपालिका सदस्य यममाया गुरुङ लगायतको उपस्थिति थियो ।