लायन्स क्लवद्वारा शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    लायन्स क्लवद्वारा शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    २९ चैत्र २०७७, सोमबार

    दुलेगौडा : तनहुँको शुक्लागण्डकी नगरपालिका-६ व्यागनस्थित त्रिभुवन प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । लायन्स क्लव अफ शुक्लागण्डकी टाउनले विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको हो ।

    क्लवले विद्यार्थीलाई झोला, कपी, कलम साथै खाजा समेत हस्तान्तरण गरेको छ । दलित तथा जनजातिको बाहुल्यता रहेको बयाम, व्यागन, कुसे व्यागन, पोखरीथोक, कमलबोट , रामकोट लगायतका स्थानबाट सो विद्यालयमा ४५ जना निम्न वर्गीय विद्यार्थी अध्ययनरत रहेका छन् ।

    कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-५ का वडाध्यक्ष एवं क्लबका पूर्व अध्यक्ष दिर्घ बहादुर थापाले लायन्स क्लवबाट अरुले सिक्नुपर्ने बताउनुभयो ।

    सामाजिक संस्थाले निम्न स्तरका विद्यार्थीलाई सहयोग गरेकामा विद्यालयका अध्यक्ष शेरबहादुर परियारले धन्यवाद ज्ञापन गर्नुभयो ।

    क्लबका अध्यक्ष सुजन कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव सिर्जना रानाले गर्नुभएको थियो ।