तनहुँ : तनहुँको भानु नगरपालिका–५ नाबरुङबाट दमौलीतर्फ आउँदै गरेको बसमा करेन्ट लाग्दा बसमा सवार एक युवती घाइते भएकी छन् । ना ३ ख ७८२८ नम्बरको बसमा लत्रिएको बिजुलीको तारले छुँदा करेन्ट लागेर बुधबार भानु नगरपालिका–६ बस्ने १७ वर्षीया पूजा अछामी घाइते भएकी हुन् ।
करेन्ट लागेर घाइते युवतीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।