दमाैली : तनहुँको व्यास नगरपालिकाका दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ । पोखरास्थित लाईफ केयर एण्ड डायग्नोष्टिक प्रालिमा गरिएको परीक्षणमा व्यास नगरपालिका–१ का एक पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
उक्त वडाका १७ वर्षीया महिला र २६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार जनाएको छ ।