चैतेदशैंमा सार्वजनिक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चैतेदशैंमा सार्वजनिक बिदा

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    पाेखरा : गण्डकी प्रदेश सरकारले चैतेदशैंको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । चैतेदशैंको अवसरमा वैशाख ७ गते सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेको हो ।

    बिदा सम्बन्धी सूचना सरकारले राजपत्रमा प्रकाशित गरिसकेको छ । प्रदेश सरकारले विसं २०७८ सालमा वैशाख ७ गते चैतेदशै, इदउल फित्र पर्ने दिन, पुस १५ गते तमु ल्होसार, माघ १९ गते सोनाम ल्होसार र फागुन १९ गते ग्याल्पो ल्होसारका अवसरमा सार्वजनिक बिदा दिएको छ ।