खैरेनीटारमा बाख्रापालन तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    खैरेनीटारमा बाख्रापालन तालिम

    खबरपुञ्ज संवाददाता

    ४ बैशाख २०७८, आईतवार

    दुलेगाैडा : खेरैनीटार आसपासका कृषकलाइ बाख्रापालन सम्बन्धि तालिम दिइएको छ । शुक्लागण्डकी नगरपालिका अन्र्तगत रहेको पशु सेवा शाखाको आयोजनामा शनिबार र आइतबार दुई दिने तालिम दिइएको हो ।

    बाख्रापालन पकेट क्षेत्र सुदृढ कार्यक्रम अन्तर्गत कृषकलाई तालिम दिइएको हो । तालिमको आइतबार समापन गर्दै शुक्लाण्डकी नगरपालिका–६ का वडाध्यक्ष कृष्णबहादुर पौडेलले बाख्रापालनले कृषकको जीवनस्तर उकास्ने बताउनुभयो । त्यसका लागि बाख्रापालन ज्ञान चाहिने उहाँको भनाई छ । तालिममा सिकेको सिकाईलाई व्यवहारमा उर्तान उहाँको आग्रह छ ।

    वडा सदस्य बुद्धिबहादुर थापाले किसानलाइ निर्वाहमुखी कृषि प्रणालीलाई प्रतिस्थापन गर्दै व्यवसायमुखी बनाउन वडाले बाख्रा पकेट कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । कृषि तथा पशुपंक्षीमा लाग्न चाहने कृषकलाई वडाले ऋणसँगै जग्गा भाडामा उपलब्ध गराउने बताउनुभयो ।

    एक वडा एक उत्पादन कार्यक्रम अन्तर्गत नगरपालिकाले सञ्चालन गरेको बाख्रापालन कार्यक्रमका लागी तीन लाख ८५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यो रकमबाट तीन लाख रुपैयाँ कृषकलाई २५ हजार रुपैयाँका दरले खोर सुधारका लागि अनुदान दिइने पशु शाखाका प्राविधिक ईश्वर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार ८५ हजार रुपैयाँ घाँसका बीउ, औषधी र तालिमका लागी छुट्याईएको छ ।

    तालिममा २५ जना कृषक सहभागी भएका थिए । सहभागी किसानलाई पशु चिकित्सक हुमराज तिम्लिसिना, नगर पशु सेवा शाखाका प्राविधिक ईश्वर रेग्मी, रामचन्द्र पौडेलले सहजीकरण गर्नुभएको थियो । कृषकलाई बाख्राका जात छनोट, खोर व्यवस्थापन, आहारा व्यस्थापन, आहाराको महत्व, प्रजनन र यसको असर, आन्तरिक परजीवि, माहामारी र यसका समाधानका उपाय लगायतका विषयमा सहजीकरण गरिएको थियो ।