शुक्लागण्डकीमा महिला उद्यमी समिति गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीमा महिला उद्यमी समिति गठन

    खबरपुञ्ज संवाददाता

    ५ बैशाख २०७८, सोमबार

    दुलेगाैडा : शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घ अन्तर्गत महिला उद्यमी समिति गठन भएको छ । सोमबार आयोजित भेलाले तुलसीकुमारी श्रेष्ठको अध्यक्षतामा महिला उद्यमी समिति गठन गरेको हो ।

    समितिको उपाध्यक्षमा सरस्वती पोख्रेल र मनिषा विक, सचिवमा झ्यामकुमारी थापा, सहसचिवमा उषा श्रेष्ठ र कोषाध्यक्षमा नौमाया गुरुङ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा विनिता श्रेष्ठ, शायरा बानु, शर्मिला श्रेष्ठ, ऋतु नेपाली, विष्णुकुमारी थापा, झलकमाया खचला र देवी परियार चयन हुनुभएको छ ।

    शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिकुमार श्रेष्ठको अध्यक्षता र गण्डकी प्रदेश महिला उद्यमी समितिका सभापति रामकली खड्काको प्रमुख आतिथ्यतामा भेला आयोजना गरिएको थियो ।