तनहुँ : तनहुँको देवघाट गाउँपालिका–५ स्थित महाकल्याणी बैदिक कन्या गुरुकुलमा एक छात्रा मृत अवस्थामा फेला परेकी छन् । सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–७ डाँडागाउँ घर भई गुरुकुलमा कक्षा ६ मा अध्ययनरत १२ वर्षीया लिलावती पराजुली गुरुकुलको बाथरुममा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
बाथरुममा भित्रबाट चुकुल लगाई सलको पासोले धाराको टुटीमा झुण्डिरहेको अवस्थामा शिक्षिकाले देखेपछि उद्धार गरी उपचारका लागि पुरानो मेडिकल कलेज लगिएकामा चिकित्सकले मृत घोषणा गरेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । ती छात्रा ६ महिना अगाडी उक्त गुरुकुलमा अध्ययनका लागि आएकी थिइन् ।