बसकाे ठक्करबाट बाइसजाँगरमा पाँच वर्षीय बालक घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भानु

    बसकाे ठक्करबाट बाइसजाँगरमा पाँच वर्षीय बालक घाइते

    खबरपुञ्ज संवाददाता

    ११ बैशाख २०७८, शनिबार

    तनहुँ : डुम्रे-वेशीशहर सडकखण्ड अन्तरगत तनहुँकाे भानु नगरपालिका-९ बाइसजाँगरमा शनिबार बसकाे ठक्करबाट पाँच वर्षीय बालक घाइते भएका छन् । डुम्रेबाट वेशीशहरतर्फ जाँदै गरेकाे ना ७ ख ४२७ नम्बरकाे बसकाे ठक्करबाट बडहरे बस्ने पाँच वर्षीय आशिष तामाङ घाइते भएकाे प्रहरीले जनाएकाे छ ।

    सडकछेउ हिँडिरहेकाे अवस्थामा बसकाे ठक्करबाट घाइते तामाङलाई उपचारका लागि पुरानाे मेडिकल कलेज चितवन पठाइएकाे छ । घाइते बालककाे अवस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ ।