भीमादका सबै वडामा एमालेको इन्चार्ज, अध्यक्ष र सचिव चयन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमादका सबै वडामा एमालेको इन्चार्ज, अध्यक्ष र सचिव चयन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगाैडा : नेकपा एमाले भीमादले नगरका सबै वडामा इन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको छ । पार्टी सुदृढीकरण अभियान अन्तर्गत एमाले भीमाद नगर कमिटीको शनिबार सम्पन्न बैठकले ९ वटै वडामा इन्चार्ज, अध्यक्ष र सचिव चयन गरेको हो ।

    वडा नम्बर १ को इन्चार्जमा सोमनाथ शर्मा, अध्यक्षमा बलहादुर थापा, सचिवमा सन्दिप परियार, वडा नम्बर २ को इन्चार्जमा कुमार राना, अध्यक्षमा घनश्याम लम्साल, सचिवमा प्रेम राना, वडा नम्बर ३ को इन्चार्जमा पदमराज सेन, अध्यक्षमा चन्द्रावती श्रेष्ठ, सचिवमा बलराम मिश्र चयन हुनुभएको छ ।

    वडा नम्बर ४ को इन्चार्जमा झकबहादुर थापा, अध्यक्षमा निमकान्त पौडेल, सचिवमा प्रकाश श्रेष्ठ, वडा नम्बर ५ को इन्चार्जमा रामभक्त गैह्रे, अध्यक्षमा धनन्जय गैह्रे, सचिवमा तुलबहादुर थापा, वडा नम्बर ६ को इन्चार्जमा राजु खनाल, अध्यक्षमा बेलबहादुर थापा, सचिवमा प्रकाश सुवेदी, वडा नम्बर ७ को इन्चार्जमा जिमबहादुर राना, अध्यक्षमा प्रकाश श्रेष्ठ, सचिवमा शालिकराम सुनार, वडा नम्बर ८ को इन्चार्जमा प्रेमबहादुर थापा, अध्यक्षमा शुभ पराजुली, सचिवमा हरिविक्रम शाही र वडा नम्बर ९ को इन्चार्जमा खिमबहादुर थापा, अध्यक्षमा रुद्रबहादुर क्षेत्री र सचिवमा शिवकुमार आले चयन हुनुभएको भीमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापाले जानकारी दिनुभयो ।

    बैठकमा पार्टीका पूर्व ज्येष्ठ कम्युनिष्ट मञ्चका केन्द्रीय सदस्य दधिराज सुवेदी, राष्ट्रिय परिषद् सदस्य रामचन्द्र तिम्सिना, प्रदेश सदस्य नारायणप्रसाद खनाल, भीमाद नगर इन्चार्ज धर्मराज खनाल लगायतको उपस्थिति थियो ।

    बैठकले पाँच सदस्यीय नगर स्तरीय कार्यदल गठन गरेको छ । कार्यदलमा धर्मराज खनाल, इमानबहादुर थापा, उमाकान्त श्रेष्ठ, जीवन अर्याल र पवित्रा थापा रहनुभएको छ । बैठकले महिला इन्चार्जमा दिना गोतामे, उद्योग इन्चार्जमा हस्तबहादुर खड्का, किसान महासङ्घमा कृष्णराज सुवेदी, विद्यार्थी इन्चार्जमा प्रकाश श्रेष्ठ, जनजाति महासङ्घमा उमाकान्त श्रेष्ठ, युवा इन्चार्जमा इमबहादुर थापा र दलित इन्चार्जमा विरु बस्याललाई जिम्मेवारी दिने निर्णय गरेको छ ।