तनहुँ : तनहुँको देवघाट गाउँपालिका–२ र ३ का अग्नि पीडितलाई राहत वितरण गरिएको छ । लायन्स क्लव अफ नारायणगढ सहिदचोक र लायन्स क्लव अफ नारायणगढ सहिदचोक सञ्जीवनीले रु ३० हजार बराबरको लत्ताकपडा र खाद्यान्न सामग्री वितरण गरेको हो ।
देवघाट गाउँपालिका–२ ब्यागनका मिनबहादुर थापा, देवघाट गाउँपालिका–३ छिपछिपेका लक्ष्मी गुरुङ र देवघाट गाउँपालिका–३ गोन्द्राङका लोकबहादुर बाचे घरलाई राहत वितरण गरिएको हो । थापाको चैत १० गते, गुरुङको चैत १५ गते र बाचेको चैत २० गते घर आगलागी भएको थियो ।
कार्यक्रममा देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले आर्थिक अवस्था कमजोर अग्निपीडितलाई सहयोग गरेकामा संस्थालाई धन्यवाद दिनुभयो ।