कोरोना नियन्त्रणका लागि देवघाटले स्वयंसेवी खटाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    कोरोना नियन्त्रणका लागि देवघाटले स्वयंसेवी खटाउने

    खबरपुञ्ज संवाददाता

    १४ बैशाख २०७८, बुधबार

    तनहुँ : कोरोना नियन्त्रणका लागि तनहुँको देवघाट गाउँपालिकाले स्वयंसेवी खटाउने भएको छ । गाउँपालिका प्रवेश गर्ने मुख्य नाकाहरुमा अवैतनिक÷निःशुल्क स्वयंसेवकको रुपमा तोकिएको कार्य गरी गाउँपालिकालाई सुरक्षित बनाउन गाउँपालिकाले स्वयंसेवी खटाउन लागेको हो ।

    कोरोना सङ्क्रमण रोकथाम नियन्त्रण तथा जोखिम न्यूनीकरण सहितको व्यवस्थापनका लागि गाउँपालिकाबाट सञ्चालन गरिने विविध गतिविधिमा पवित्र मानव सेवा भावले काम गर्न खोज्नेहरुलाई स्वयंसेवीको रुपमा परिचालन गरिने देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यमा खट्न चाहने सङ्घसंस्था तथा व्यक्तिहरुलाई वैशाख १९ गतेसम्म लिखित नाम पेश गरी सूचीकृत हुन आग्रह गरिएको छ ।