थर्पु बजार इकाईको पदस्थापन, सचिवमा सुन्दरमणि मनोनित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पु बजार इकाईको पदस्थापन, सचिवमा सुन्दरमणि मनोनित

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घ थर्पु बजार इकाईको शनिबार पदस्थापन भएको छ । थर्पु बजार इकाईको हालै सम्पन्न २५ औ साधारणसभा तथा ११ औ अधिवेशनबाट निर्वाचित कार्यसमितिको शनिबार पदस्थापन भएको हो ।

    उक्त कार्यक्रममा इकाईका सभापति भिमलाल श्रेष्ठले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथग्रहण गराउनुभएको छ । यसैबीच शनिबार नै बसेको पहिलो बैठकले इकाईको सचिवमा सुन्दरमणि अधिकारीलाई मनोनित गरेको छ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घले थर्पु बजार इकाईलाई उत्कृष्ट इकाईको रुपमा सम्मान गरेको थियो ।