एजेन्सी : स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोना भ्यालेन्सीयालाई ३–२ गोल अन्तर हराएको हो ।
भ्यालेन्सीयाको घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । त्यस्तै एन्टोनी ग्रिजम्यानले एक गोल गरे ।
उता भ्यालेन्सीयाका लागि ग्रावियल पुलिस्टा र कार्लाेस सोलेरले एक–एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरी खेलेका दुबै टोलीले दोस्रो हाफमा गोल गरेका हुन् ।
जितसँगै बार्सिलोनाले उपाधि होडमा आफूलाई बलियो बनाएको छ । लिगमा ३४ खेल खेलेको बार्सिलोना ७४ अंक सहित तालिकाको तेस्रो स्थानमा छ । समान खेल खेलेको एट्लेटिको ७६ अंक सहित शीर्ष स्थानमा हुँदा रियल ७४ अंक सहित दोस्रो स्थानमा छ ।