तनहुँ : तनहुँमा सोमबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यासका दुई महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।
व्यास नगरपालिका-२ का ३६ र व्यास नगरपालिका-४ का ४९ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।