गण्डकीमा थप दुईको कोरोना सङ्क्रमणबाट मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा थप दुईको कोरोना सङ्क्रमणबाट मृत्यु

    खबरपुञ्ज संवाददाता

    २० बैशाख २०७८, मंगलवार

    पोखरा : गण्डकी प्रदेशमा दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । योसँगै पछिल्लो २४ घण्टामा कोरोनाबाट प्रदेशमा तीन जनाको मृत्यु भएको छ।

    स्वास्थ्य निर्देशनालयले मङ्गलबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिका-२९ का ४५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उहॉमा वैशाख १८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

    त्यस्तै पर्वतको कुश्मा नगरपालिका-४ का ८४ वर्षीय पुरुषको पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको छ । उहॉमा वैशाख १९ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो।