माधव नेपाल समूह आजको संसद् बैठकमा नजाने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    माधव नेपाल समूह आजको संसद् बैठकमा नजाने

    खबरपुञ्ज संवाददाता

    २६ बैशाख २०७८, सोमबार

    काठमाडौं : नेकपा एमालेको माधव पक्षको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित हुने निर्णय गरेको छ ।

    नेपाल पक्षका नेताहरुको सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभाको आजको बैठकमा अनुपस्थित रहने निर्णय गरेको नेता भीम रावलले जानकारी दिनुभयाे । ‘हामीले प्रधानमन्त्री ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा अनुपस्थित रहने निर्णय गरेका छौं’, रावलले भन्नुभयाे ।

    सांसदहरूको बैठकमा राजीनामा दिएर पनि केपी ओलीकै सरकार निरन्तर रहने गरी राजनीति अघि बढ्यो भने के गर्ने ? भन्ने प्रश्न समेत उठेको थियो । केही सांसदले राजीनामा दिएर आत्मघाती बाटोमा जानुभन्दा आजको संसद बैठकमा अनुपस्थित रहेर अझै विकल्पहरु बाँकी राख्ने सुझाव दिएको बताइएको छ ।