वैकल्पिक सरकार हाम्रो प्राथमिकता हैन : महन्थ ठाकुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    वैकल्पिक सरकार हाम्रो प्राथमिकता हैन : महन्थ ठाकुर

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार बनाउने आफ्नो पार्टीको प्राथमिकता नभएको बताउनुभएको छ । सोमबार राति एक विज्ञप्ति जारी गर्दै उहॉले ओली सरकारले जसपाका माग पूरा गरिरहेकाले वैकल्पिक सरकार गठनमा सामेल नहुने धारणा राख्नुभएको हो ।  ठाकुरले मधेशको मुद्दाको सवालमा नेपाल सरकार सहमतिअनुसार अगाडि बढिरहेको दाबी गर्नुभएको छ ।

    विज्ञप्तिमा भनिएको छ,‘विगत र हप्तादेखि मधेशी, आदिवासी जनजाती, थारु, महिला, दलित, मुस्लिम लगायत, सिमान्तकृतको महत्वपूर्ण सवालहरु मुद्दा फिर्ता, बन्दी रिहाई, नागरिकता संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न लगायतको विषयमा जनता समाजवादी पार्टी नेपाल र केपी शर्मा ओली नेतृत्वको सरकार बीचको वार्ता तथा तदनुसारका कार्य प्रगति सकरात्मक ढंगले अगाडि बढिरहेको तथ्य सर्वविदितै छ।’

    अहिलेको अबस्थामा सरकार बनाउने गतिविधिमा संलग्न हुनु मधेशको भावना विरोधी काम भएको समेत उहॉले बताउनुभयो । उहॉले जसपा सरकार केन्द्रित नभई मुद्दा केन्द्रित रहेकोसमेत उल्लेख गर्नुभयो ।