आज आमाको मुख हेर्ने दिनः पढ्नुहोस् मातृमहिमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    आज आमाको मुख हेर्ने दिनः पढ्नुहोस् मातृमहिमा

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    काठमाडौ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व मनाइन्छ ।

    शास्त्रमा पण्डित, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट आशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ । 


    आमाबारे विद्वानहरु कसले के भने, पढ्नुहोस्
    १, आमालाई देवीदेवता जस्तै मानेर सम्मान गर्नुपर्छ – तैत्तिरीयोपनिषद्
    २, जननी र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ – महर्षि वाल्मीकि
    ३, सन्तान कुसन्तान हुन सक्लान् तर माता कुमाता हुन सक्दैनन्– आद्य शङ्कराचार्य
    ४, माताको अर्थ माननीय हुन्छ – पाणिनीय व्याकरण
    ५, माननीय भएकैले माता भनिएको हो – शतपथब्राह्मण
    ६, संसारमा आमाको स्थान आकाश र पृथिवी जत्तिकै महान् हुन्छ – शुल्कयजुर्वेद
    ७, आमाले सिङ्गो प्रकृतिको प्रतिनिधित्व गरेकी हुन्छिन् – अथर्ववेद  
    ८, राजपत्नी, मित्रपत्नी, गुरुपत्नी, पत्नीको आमा (सासू) र आफ्नी आमा गरी आमा किसिमका हुन्छन् – आचार्य चाणक्य   
    ९, आमा खुसी भइन् भने देवीदेवतादेखि पितृहरूसमेत खुसी हुन्छन् – संस्कृत सूक्ति 
    १०, आमा भनेका संसारभरिकै तीर्थ हुन् । संस्कृत सूक्ति