तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ मा मस्र्याङ्दी नदीमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ । मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको ना ३ ख ९९७३ नम्बरको ट्रक पावरहाउस नजिक सडकबाट एक सय मिटर तल नदीमा खस्दा चालक र सहचालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा ट्रक चालक बागलुङको गलकोट नगरपालिका–८ बस्ने ३७ वर्षीय जय कंडेल र सहचालक सोही ठाउँ बस्ने ३५ वर्षीय मिनबहादुर कंडेल रहेको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।