मिर्गौला पीडित अनुपलाई ५० हजार सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    मिर्गौला पीडित अनुपलाई ५० हजार सहयोग

    खबरपुञ्ज संवाददाता

    २७ बैशाख २०७८, मंगलवार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-१२ छिर्कने निवासी मिर्गौला पीडित अनुप क्षेत्रीको उपचारका लागि रु ५० हजार सहयोग जुटेको छ । व्यास-२ का युवा व्यवसायी विशाल कुमारको पहलमा मिर्गौला पीडित क्षेत्रीको उपचारका लागि उक्त रकम जुटेको हो ।

    विद्यालय र कलेजका साथीहरुबाट सङ्कलन भएको रकम विशालले घरमै पुगेर मिर्गौला पीडित अनुपलाई हस्तान्तरण गर्नुभयो । केही दिन अगाडी मात्रै दुबईमा कार्यरत सन्तोष राना नवीन पुलामीबाट रु १० हजार अनुपलाई हस्तान्तरण गरिएको थियो।

    अनुपले हाल हप्तामा दुई पटक डायलासिस गर्दै आउनुभएको छ। आर्थिक अभावमा मिर्गौला प्रत्यारोपण गर्न नसकेको उहॉले बताउनुभयो ।