दमाैली : जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले निषेधाज्ञामा अनावश्यक हिँडडुल गर्नेमाथि कडाई थालेको छ । निषेधाज्ञा उल्लङ्घन गर्दै सवारी चलाउनेमाथि प्रहरीले कडाई गर्न थालेको हो ।
प्रहरीले अनावश्यक सवारी चलाउनेलाई नियन्त्रणमा लिएर कारवाही थालेको छ । प्रहरीले बुधबार दमौली बजारमा बिना काममा मोटरसाइकल चलाएर हिँड्नेलाई नियन्त्रणमा लिएको जनाएको छ ।