निजी अस्पतालले पनि आइसोलेशन बनाउन पाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निजी अस्पतालले पनि आइसोलेशन बनाउन पाउने

    खबरपुञ्ज संवाददाता

    २८ बैशाख २०७८, बुधबार

    तनहुँ : तनहुँ जिल्लास्थित निजी अस्पतालले आइसोलेशन सेवा सञ्चालन गर्न पाउने भएका छन् । अस्पतालको दर्ता अनुमति भएका स्वास्थ्य संस्थाले नेपाल सरकारबाट स्वीकृत आइसोलेशन सेन्टरको मापदण्ड अनुसार आइसोलेशन सञ्चालन गर्न पाउने भएका हुन् ।

    त्यसका लागि स्वास्थ्य र सुरक्षाका सबै मापदण्ड पालना गर्नुपर्नेछ । निजी अस्पतालले आइसोलेशन सञ्चालन गर्न चाहेमा जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा निवेदन दिनुपर्ने प्रमुख जिल्ला अधिकारी सागर आचार्यले जानकारी दिनुभयो । बुधबार निजी अस्पतालका प्रतिनिधि सहितको बैठकले उक्त निर्णय गरेको आचार्यले बताउनुभयो ।

    प्रशासनले नेपाल सरकारबाट स्वीकृत मापदण्ड अनुसार भन्दा बढी सेवा शुल्क लिएमा कानून अनुसार कारवाही गर्ने जनाएको छ । कोभिडको उच्च जोखिम भएको वर्तमान अवस्थामा अस्पताल, क्लिनिक र औषधि पसलमा सेवा प्रवाह गर्दा मास्क, पञ्जा, भाइजर तथा आवश्यकता अनुसार पिपिई प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

    Loading...